• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री सवार गाडी दुर्घटना

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री सवार गाडी दुर्घटना


  • 2.1K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री सवार गाडी दुर्घटना

    सुदुरपश्चिम ७ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी दुर्घटनामा परेको छ । राज्यमन्त्री सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार मन्त्री बमसहित तीन जना सवार रहेको र उक्त कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो ।

    images

    भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बम, श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    राज्यमन्त्री बमको मुख र नाकमा चोट लागेको छ भने श्रीमतीको छातीमा र सहयोगी देउवाको टाउकोमा चोट लागेको छ । उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । राज्यमन्त्रीसहित तीनै जनाको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि फर्किदा दुर्घटना भएको बताइएको छ ।


    तेस्रो आँखा