• ट्रेण्डिङ्ग :
न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन जारी छ : अध्यक्ष घिमिरे

न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन जारी छ : अध्यक्ष घिमिरे


  • 2.0K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.0K Views

    न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन जारी छ : अध्यक्ष घिमिरे

    काठमाडौं, ७ पुस । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक व्यवस्था विपरित न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहने बताउनु भएको छ । 

    images

    आइतबार बार दिवस, २०८१ को अवसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष घिमिरेले न्याय परिषद्ले गैरकानूनी रुपमा नियमावली संशोधन गरेकोले आन्दोलनका कार्यक्रम जारी रहने बताउनु भएको हो  ।

    उहाँले न्यायाधीश नियुक्तिमा ढिलाई हुँदा बारबाट हुने न्यायिक निरुपणका कामहरु नरोकिएको पनि जिकिर गर्नुभयो । उहाँले न्याय परिषद्ले आफूले गर्न नसकेका काममा बारलाई दोष दिने गरेको बताउँदै आरोप,प्रत्यारोपमा उत्रिनु भन्दा न्यायिक सुधारका लागि सबै मिलेर अगाडि जानुपर्नेमा जोड दिनुभयो ।

    उहाँले न्यायाधीश नियुक्तिका लागि पुसभित्र बारले प्रतिनिधि सिफरिस गसिक्ने समेत बताउनु भएको हो। २०८० असोज १ गते संशोधन भएको नियमावलीको व्यवस्था संविधान र प्रत्यायोजित विधायनविपरीत भएको भन्दै बारले विरोध जनाउँदै आएको छ । पछिल्लो पटक भने बारले चरणवद्ध आन्दोलन नै घोषणा गरेको थियो ।


    तेस्रो आँखा