काठमाडौं ७ पुस । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिकै डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसैबीच प्युठानको स्वर्गद्वारी नगरपालिका-४ जिमुरपाटास्थित खोल्सामा एक बृद्ध मृत फेला परेका छन् । चितवन भरतपुर महानगरपालिका-२७ धरमपुर घर भएका ७५ वर्षीय चन्द्र बहादुर गुरूङ शनिबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
