काठमाडौं ७ पुस । हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा काठमाडौं आएका एक यात्रुको मृत्यु भएको छ । हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका देउमान लिम्बुको मृत्यु भएको हो ।
निगमको आरए ४०१ उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा उनी अचेत भएका थिए । काठमाडौं अवतरण गराउने वित्तिकै उनलाई हस्पताल लगिएको थियो । तर, उनलाई केएमसी अस्पतालले मृत घोषणा गरेको हो । निगमको इन्जिनियरिङ मर्मत विभागका उप निर्देशक मनोज कुमार साहले यात्रुको मृत्यु भएको पुष्टि गरे ।
‘जहाजमै अचेत भएको भनिएको छ, उनलाई काठमाडौं पुग्ने वित्तिकै अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको हो,’ उनले भने,‘शब आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।’ उनले मृतकको शबलाई आफन्तको जिम्मा लगाएको जानकारी दिए ।
फाइल फोटो
