बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ 

बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ 


  • 5.4K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ 

    काठमाडौं, २३ फागुन । प्रहरीले खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिस थापा र  नेपालगंज उपमहानगरपालिका–१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् । 

    उनीहरुको साथबाट म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

    प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप