महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु

महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु


  • 2.7K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु

    महोत्तरी, ७ पुस । महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।

    images

    जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो । हृदयघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो ।


    तेस्रो आँखा