मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको दोषिलाइ कारबाही गर्न माग

मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको दोषिलाइ कारबाही गर्न माग


  • 2.4K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.7K Views

    मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको दोषिलाइ कारबाही गर्न माग

    काठमाडौं, ७ पुस । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरू माथि भएको दुर्व्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ ।

    images

    कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो ।

    आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पुर्‍याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

    सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरूसँग विस्तृत विवरण बुझेपछि आवश्यक निर्णय लिने स्पष्ट गरेको छ ।


    तेस्रो आँखा