बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित

बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित


  • 4.0K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.1K Views

    बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित

    महोत्तरी, ८ पुस । बर्दिबास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन् । वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्पताल बन्ने आशमा रहेकाहरु निराश भएका हुन् ।  

    images

    कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो । शिक्षा मन्त्रालय र वन विभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीले बताए ।

    कलेज निर्माणका लागि प्रस्तावित बर्दिबास–४ को माइस्थानस्थित अटावे र भब्सी खोलाबीचको वनक्षेत्रको ४९ हेक्टर जग्गाबारे सर्वोच्च अदालतमा परेको मुद्दाले केही समय प्रक्रिया रोकिएको भए पनि मुद्दाको फैसला भएपछि अब प्रस्तावित जग्गा, काटिने रुख र तिनको सोधभर्नाबारे निर्णय हुनपर्ने उनले बताए ।

    अदालतले प्रस्तावित जग्गाका रुख काटिदा पर्नसक्ने वातावरणीय प्रभावलाई दृष्टिगत गरी काटिने रुखभन्दा १० गुणा बढी रुख रोपेर हुर्काउने सर्तमा कलेज निर्माण गर्न आदेश दिएको छ । उक्त आदेशअनुसार बर्दिबास–५ टुटेश्वरधाममा २० हजार बिरुवा रोपिएका छन् । 

    कलेजका लागि प्रस्तावित वनक्षेत्रमा रहेका एक हजार ९६७ रुखको सट्टा भर्नाका लागि बर्दिबास नगरक्षेत्रका विभिन्न ठाउँका पर्ति जग्गामा ३० हजार हाराहारीका बिरुवा रोपिएका छन् । 

    सरकारले आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा कलेज निर्माणका निम्ति शिक्षा मन्त्रालयको अगुवाइमा जग्गा छनौटको कार्यदल बनाएको थियोभने २०७६ मा बर्दिबासमा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरेको थियो ।

    यसैबीच, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यससम्बन्धमा सम्बद्ध पक्षसँग समन्वय गर्ने बताएका छन् । रासस 


    तेस्रो आँखा