• ट्रेण्डिङ्ग :
तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको मृत्यु

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको मृत्यु


  • 3.6K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.5K Views

    तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको मृत्यु

    तुलसीपुर, ८ पुस । तुलसीपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक ‍युवकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षीय दिलप्रसाद खत्रीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराति १० बजे मृत्यु भएको हो।

    images

    आइतबार दिउँसो ३:५० बजेतिर तुलसीपुरबाट जसपुर जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै अनियन्त्रित भइ दुर्घटना भएको थियो।

    दिलप्रसाद उक्त मोटरसाइकलको पछाडि सवार थिए। दुर्घटनामा उनीसहित मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–११ का ३१ वर्षीय पंकज खत्री गम्भीर घाइते भएका थिए।

    उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। चालक पंकजको पनि अवस्था गम्भीर रहेको र उपचार जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।    


    तेस्रो आँखा