• ट्रेण्डिङ्ग :
लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा भुसाल पक्राउ

लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा भुसाल पक्राउ


  • 3.3K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.1K Views

    लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा भुसाल पक्राउ

    काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुवगृहमन्त्री रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ काठमाडौंको थली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    images

    भुसालले लामिछानेलाई भेट्न कास्की प्रहरी कार्यालय पुगेका बेला सिसिटिभीमा देखिएको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकार गरेका छन् । फेसबुक लाइभ मार्फत भुसालले भनेका थिए, ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यो बेला कसैले केही भनेन । गल्ती भएको स्विकार्छु ।’

    यस घटनाले सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले छानबिनको निर्देशन दिएका थिए । कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको यो कार्य साइबर कानुनको उल्लंघन भएको जनाएको छ । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने तयारी भइरहेको छ ।


    तेस्रो आँखा