• ट्रेण्डिङ्ग :
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ

क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ


  • 4.5K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.9K Views

    क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ, ८ पुस । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए ।

    images

    कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताउनु भएको हो । पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद छन् ।
    जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई नश्लिय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा