• ट्रेण्डिङ्ग :
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा

विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा


  • 2.0K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.0K Views

    विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा

    हेटौँडा, ८ पुस । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताउनु भएको छ । उहाँले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन जरुरी बताउनु भएको हो । सोमबार हेटौँडामा गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिसँग योजना तर्जुमा तथा प्रदेश आयोजना बैङ्क सञ्चालनका सन्दर्भमा छलफल गर्दै मुख्यमन्त्री लामाले नेपालमा पूर्वाधार निर्माण महँगो परिरहेको बताउनुभयो ।

    images

    हालको पूर्वाधार निर्माणको विधिका कारण राज्यको खर्च बढी भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार विकास निर्माणको काम डिजाइन एन्ड बिल्ड विधिमा सञ्चालन गर्दा सहज हुनेछ । 

    ‘सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ । प्रभावकारी र वृहत् प्रकारको योजना कार्यान्वयन गरेर नागरिकलाई उत्पादन र आर्थिक उपार्जनमा जोड्नुपर्छ’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउन आयोजना बैङ्क सञ्चालनको तयारीमा छ । प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आयोजना बैंकको काम अघि बढाउने योजना छ । हामी फिजिबिलिटी अध्ययन गरेर योजना छनौट गरेर काम अघि बढाउँछौ ।’

    गुणस्तर र निर्माणको विषय प्रक्रियागत रूपमा अनुगमन गरेर नियमन नियन्त्रण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । सरकारको लगानीलाई उत्पादनमुखी बनाउन जरुरी रहेको उहाँको भनाई छ । उहाँले अधुरा आयोजना पूरा गर्नेगरी सरकारले अघि बढाउन जरुरी रहेको छ । आन्तरिक र अन्तर सरकार बिच समन्वयात्मक भूमिकाबाट काम गर्नुपर्ने उहाँले बताउनु भएको छ ।

    ‘हामीले आन्तरिक र अन्तर सरकारबिच समन्वय गर्न जरुरी छ । सरकारको नेतृत्व गरिरहेका व्यक्तिबिच आफू भित्र नै द्वन्द भएमा समस्या समाधान हुन सक्दैन । छलफलको एजेन्डा र कार्यान्वयनमा ध्यान दिनुपर्छ । कार्ययोजना अनुसार काम गर्न जरुरी छ । समस्या समाधान गर्ने गरी छलफल गरेर अघि बढ्नुपर्छ’ मुख्यमन्त्री लामाले भन्नुभयो ।


    तेस्रो आँखा