• ट्रेण्डिङ्ग :
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगित

सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगित


  • 2.5K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगित

    काठमाडौँ, ८ पुस । सर्वोच्च अदालतमा सोमबार २४३ थान मुद्दा पेसीमा चढे पनि एक सय एक वटा मुद्दा स्थगितको सूचीमा परेको छ । इजलास तोकिएका कुल मुद्दामध्ये ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा परेका हुन् ।

    images

    तीमध्ये धेरैजसो मुद्दा महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट स्थगित भएका हुन् । बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत स्थगितको सूचीमा छन् ।

    सोमबार महान्यायाधिवक्ताको कार्यालय स्थापनाको ७४औँ स्थापना दिवस हो । स्थापना दिवसको कार्यक्रम भएकै कारण महान्यायाधिवक्ता कार्यालयले विभिन्न मुद्दा हेर्न नभ्याउने भएर स्थगित गराउनु परेको सो कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो ।

    दाहालका अनुसार कार्यक्रममा सरकारी वकिल तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रारम्भिक मस्यौदामाथि समेत छलफल गरिँदैछ ।


    तेस्रो आँखा