काठमाडौं ९ पुस । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल रहेका छन् ।
उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका साढे सात बजे बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।
