काठमाडौं, २३ फागुन। तत्कालीन नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र साविककै अवस्थामा आएको आज एक वर्ष पूरा भएको छ। २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो।
देशलाई कम्युनिष्टमय बनाउने उद्घोषका साथ एक्कासी मिलनको बाटो रोजेका तत्कालीन एमाले र माओवादी केन्द्रको एकताको जुइनो लामो समय टिकेन्। प्रचण्ड र केपी ओलीविच भएको सत्ता सञ्चालन र पार्टी सञ्चालका सम्झौतामा दरार आएपछि उनीहरुबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कीएको थियो। सत्ता र शक्तिको बार्डेनिङमा कुरा नमिल्दा एकीकरणलाई फुटमा रुपान्तरण गर्न बाध्य कम्युनिष्ट नेताहरुले त्यसयता पनि धेरैखाले खिचडी पकाइ सकेका छन्।
नेकपाका अध्यक्ष द्वय केपी ओली र प्रचण्डबीचको खटपटलाई नेकपाका अध्यक्ष ऋषि कट्टेलले अवसरका रुपमा लिएका थिए। एमाले–माके एकतापछि बनेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले रिट हालेका थिए। उनले नेकपा दर्ता पहिलेनै दर्ता भइसकेको भन्दै एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भनी गरेका दल दर्ता खारेजीको माग गरेका थिए। कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ अनुसार २०७४ भदौ २२ गते र विधिवत दर्ता भएको थियो। कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको थियो।
कानुनी प्रक्रिया भन्दा पनि पार्टीभित्र नेता व्यवस्थापन र पदीय हैसियतका विषयमा कुरा नमिल्दा फुटको सिकार बनेको नेकपामा ठूलै भुइचालो गएर एउटा पार्टी तीन वटा भएको सत्यलाई कसैले नकार्दैन्। नेकपा अलग बनाउने अदलतको उक्त फैसलापछि ठुला कम्युनिष्ट पार्टीहरुको फुटले नेपाली राजनीतिक वृत्तमा झनै अस्थितरता छाएको छ। त्यो निर्णले नेकपा एमाले र माओवादी केन्द्र मात्रै अलग भएनन्, एमालेभित्र र माओवादी भित्रको अवस्था समेत खल्बल्याइदियो। केपी–प्रचण्ड सम्झौता अनुसार उनले एक पद छाड्नु पर्नेमा दुईवटै पद नछाड्ने पषमा थिए। नेकपाका अध्यक्ष केपी ओलीलाई पार्टी भित्रैबाट अध्यक्ष वा प्रधानमन्त्री मध्य एउटा पद त्यागगर्नु पर्ने परिस्थिथि आएपछि ओलीले संसद विघटनको तुरुप फाले। उक्त असंबैधानिक कदमकोविरुद्धमा मोर्चाबन्दी गरेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नाराणकाजी श्रेष्ठलगायत नेकपाभित्रका नेताहरु अन्ततः पार्टी अलग गर्ने बाटो रोज्न बाध्य भए। केपी ओलीलाई पनि प्रचण्डलाई पार्टीभित्र राखिरहनु काउछाको माला बनिसकेको थियो। ओलीले विघटन गरेको संसद पुनःस्थापनाका लागी नेपाली कांग्रेस र ओली इतरका कम्युनिष्ट नेताहरु एक ठाउँ उभिए।
दुई पटकसम्म विघटन गरिएको नागरिकको सार्वभौम संसदलाई संविधानको मर्म र भावनाअनुसार कांग्रेस, माओवादी र माधव नेपाल समूहका नेताहरु एकठाउ भएर पुनःस्थापना गराउन सफल भए। यो सँगै नेकपा फुटपछि एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो। उता माओवादीका केही नेताहरु केपी ओलीकै नेतृत्वको एमाले पार्टीमा समाहित भए भने एमालेका नेताहरु माओवादीमा फर्केनन्। तर एमालेले माधव नेपालको समूहमा रहेका झलनाथ खनाललगायत १४ जना सांसदसहित नेताहरुले नयाँ दल दर्ता गएपछि निकै घाटा बेहोर्नु पर्यो। अहिले नेपाली कांग्रेस नेतृत्वमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा सरकारमा छ भने नेकपा एमाले प्रमुख संसदमा प्रतिपक्षी दलका रुपमा छ।
नेकपा एमालेको कुरा
सरकारले स्थानीय तहको निर्वाचन २०८९ बैशाख ३० गते गर्ने गरी तयारी थालेको छ। दलहरु पनि निर्वाचनको तयारीमा लागेका छन्। सरकार सम्बद्ध गठबन्धन दलहरु आगामी निर्वाचनसम्म एकै ठाउँमा रहने बताइरहेका छन्। यसो हुँदा एमालेलाई नोक्सान हुने देखिन्छ, भने सगठबन्धले धरै ठाउँमा बाजी मार्छन। तर एमालेका नेताहरु भने त्यसलाई स्वीकार गरेर जान तयार छैनन्। जनताका माझ सत्य कुरा लिएर जाँदा भोट घट्छ भन्ने राजनीतिक चरित्र उनीहरुले देखाएका छन्।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पार्टी फुटले एमालेलाई ठुलो असर नपरेको बताउँछन्। ‘एउटा पार्टी विभाजन भएर तीनवटा बन्यो, यसले क्षति त स्वभाविकै भयो, तर मुल जनाधारमा त्यती ठुलो पसरवर्तन भएको छैन्,’ ज्ञवालीले भने, ‘जनआधारमा कति ठुलो क्षति पुग्यो भन्ने मुख्य कुरा हो, पार्टी फुटले एमालेको पुरानो मूल जनाधारमा खासै असर परेको छैन्।’ एमालेमा माओवादी नेताहरु समाहित भएका छन्, एमालेमा अन्य दmलहरुबाट आउने क्रमसमेत जारी रहेकाले ठूलो असर नदेखिएको उनले जिकीर गरे।
आगामी स्थानीय चुनावमा अलि मेहनत गर्दा एमालेको बहुमत आउने उनले बताए। अहिलेकै अवस्थामा पनि सबैभन्दा ठूलो पार्टी बन्ने उनको दावी छ। केही नेताहरुले पाटी छाडेर जाँदा बाँकी नेताहरुले ठाउँ पाउनु स्वभाविकै भएको उनले बताए। पार्टी विभाजितको सन्दर्भमा उनले भने, पार्टीमा केही नेताहरुले छाडेर जादा अरु नेताहरुले ठाउँ पाउनु सामान्य हो, तर नेता व्यवस्थापन को कुरा वा नेताले ठाउँ पाउनुलाई महत्वपूर्ण मानेका छैनौं।’ एमाले आफ्नो शक्ति संचय गरेर चुनावको तयारीमा लागेको नेताहरुले बताएका छन्।
नेकपा एकीकृत समाजवादीको इच्छा
एमालेबाट अलग भएर बनेको नेकपा एस र माओवादी केन्द्रको योजना कांग्रेससँग मिलेर चुनावमा जाने र एमालेलाई पत्तासाफ बनाउने र आफ्नो केही सिटहरु सुरक्षित गर्नेछ। नेकपा एसका नेता मेटमणि चौधरी भन्छन, ‘वर्तमा सत्ता गठबन्धन चुनावसम्म कायम रहनेगरी अघि बढेका छौं, यसले असंबैधानीक कदम चाल्ने राष्ट्रघाती एमालेलाई पत्तासाफ गर्न सकिन्छ।’
केपी ओलीले चालेको असंबैधानिक कदमकोविरुद्धमा लागेर देशलाई दुर्घटनाबाट बचाएको भन्दै राष्ट्रहितका लागि जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टी एमाले बाहेकका दलहरुसँग निर्वाचनमा मिलेर जान चाहेको चौधरीले बताए। ‘ केपी ओलीलाई साइजमा राख्न पनि हामी चुनावसम्म गठबन्धनलाई कायमै राख्न चाहान्छौ’, उनले भने, ‘यही कांग्रेससँग कुरा मिलेन भने आफ्नो सम्मानजनक उपस्थित हुने संगठन निर्माण गरिसकेका छौं, नेकपा माओवादी लगायत दलहरुसँगको सहकार्यमा चुनावमा जान्छौं।’ एमालेबाट अलग भएर गत भदौमा पार्टी दताए गराएको नेकपा एसले आफ्नो लक्ष भन्दा राम्रोसँग गरिसकेको उनले तेस्रो आँखालाई जानकारी दिए।
७७ वटै जिल्लामा जिल्ला कमिटी बनाइ सकेको, जनवर्गिय संगठनहरु धमाधम गठन भैरहेको चौधरीले बताए। उनले भने, ‘ अहिले सम्म ७७ जिल्लासँगै ७ सय ५३ मध्य ५ सय स्थानीय तहमा संगठन निर्माण गरिसकिएका छौं, बाँकी स्थानीय तहमासमेत केही समयभित्रै संगठन निर्माणको काम सकिनेछ, त्यस कारण आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एसको उपस्थिति सम्मानजनक हुन्छ ।’
के गर्ला नेकपा माओवादी केन्द्र ?
नेकपा विभाजन भएर एमाले–माओवादी अलग अलग भएपछि नेकपा माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायत शीर्ष नेताहरु एमालेमा समाहित भए। माधव नेपाल समूहले छाडेको एमालेलाई यसले केही हद सम्म भएपनि भर थेग गरेको छ। तर नेकपा माओवादी केन्द्रमा भने कोही पनि एमाले नेताहरु नबसेपछि उसलाई सबै भन्दा घाटा देखिन्छ। हुनत नेकपा निर्माण नभएको भएपनि माओवादी गत निर्वाचनहरुमा निकै तल झर्ने पक्का थियो।
आफ्नौ हैसियत आँकलन गरेर एकीकरण गर्न हतारिएको माओवादीले एमालेभित्र पसेर एक पटक हुँडलेर निस्कीएको छ। तर एमालेका कुनै पनि नेता आफ्नो पार्टीमा समाहित गराउन नसकेको माओवादीको माओवादीले आगामी निर्वाचनमा कांग्रेस, नेकपा एस लगायत दलहरुको साथ खोजेको छ। आफ्नो फाइदा लिउन्जेल साथ दिने र गठबन्धन गरेका पार्टीभित्रकै संरचनालाई खल्बल्याएर छाड्ने प्रचण्ड प्रवृतिसँग दलहरु सजग भएका देखिएका छन्।
खासगरी नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादीले भोटमा धोका दिने अड्कल काटिरहेको छ। गठबन्धन नगर्दा प्रचण्ड पुनः एमालेसँगै मिल्नेहुन की भन्ने खतरापनि देखेको छ। राजनीति समिकिरणमा भर नभएका प्रचण्डले कतिबेला को सँग मिलेर जान्छन यसै भन्न सकिदैन्। तर वर्तमान सत्ता गठबन्धन कायमै नरहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन लगभग निश्चित जस्तै देखिन्छ। पार्टी विभाजनको एक वर्षमा माओवादीले भुगोलमा पुगेर संगठन विस्तारको काम खासै गरेको छैन्। बरु नेकपा एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिइरहेको छ।
स्थानीय तहमा एमाले खुम्चीने अवस्थामा
एमालेबाट स्थानीय तहमा निर्वाचित १० प्रतिशत जनप्रतिनिधि एकीकृत समाजवादीमा गएका छन्। निर्वाचन आयोगले तथ्याङ्क अनुसार नेकपा एमालेका २३३ प्रदेशसभा सदस्यको २३ प्रतिशत सांसदले एकीकृत समाजवादी रोजेका थिए। नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये १,५०१ जना एकीकृत समाजवादीमा समाहित भएका छन्। २०७४ सालमा तीन चरणमा ३५,००० बढी जनप्रतिनिधिका लागि भएको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेबाट १४,७०० उम्मेदवार निर्वाचित भएका थिए।
स्थानीय तहमा नेकपा एमालेले सबैभन्दा बढी ४२ प्रतिशत मत पाएको थियो। एमाले उम्मेदवारले २९४ स्थानीय निकायमा प्रमुख पदमा जित हासिल गरेका थिए। नेकपा तीन टुक्रा भएपछिको अवस्थामा पनि नेकपा एमाले सबै भन्दा ठुलो दल कायमै छ । तर आगामी स्थानीय तहको निर्वाचनमा एमाले यही साइजमा रहन सक्ने अवस्था नभएको र नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जित्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। उनी भन्छन, ‘गठबन्धन नगरीनै कांग्रेस पहिलो पार्टी बन्छ, दोस्रोमा एमाले त्यसपछि माओवादी–नेकपा एसको गठबन्धन हुँदा तेस्रो स्थानमा आउने देखिन्छ ।’
