दाङ, २३ फागुन। खुलेआम हतियार बोकेरै गाउँपालिका अध्यक्ष हिँडेको भन्दै जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको अहिले आलोचना भैरहेको छ।
फेसबुकमा सार्वजनिक हतियार बोकेर मोटरसाईकलमा बसेको तस्वीर उनै अध्यक्ष बस्नेतको रहेको दाबी गरिएको छ।
तर अध्यक्ष बस्नेतले भने उक्त तस्बिर आफ्नो नभएको र आफूलाई फसाउने नियत राखिएको बताए। तेस्रो आँखासँग कुराकानी गर्दै उनले हतियार बोकेर मोटरसाईकलमा बसेको फोटो आफ्नो नभएको र आफूले मोटरसाइृकल समेत चलाउन नजान्ने बताए।
अध्यक्ष बस्नेतसँग तेस्रो आँखाकर्मी देवेन्द्र बस्नेतले गरेको कुराकानी।
