बाँके ९ पुस । इलाका प्रहरी कार्यालय जमुनाहाले अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका २ निवासी २५ वर्षीय हेमराज परियार रहेका छन् ।
प्रहरीले उनको साथबाट ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर समेत बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
