विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने पास्टर पक्राउ

विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने पास्टर पक्राउ


  • 3.0K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.5K Views

    विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने पास्टर पक्राउ

    काठमाडौं १० पुस । कैलालीका एक पास्टर पक्राउ परेका छन् । लम्कीका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोजेको आरोपमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई पक्राउ परेका हुन् ।

    images

    उनीमाथि धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्‌काले जानकारी दिनुभयो । 

    भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा केही दिन अघिमात्र लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माविमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको भिडियो हिजो सार्वजनिक भएको थियो। 

     


    तेस्रो आँखा