• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल


  • 2.4K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

    चितवन ११ पुस । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताउनु भएको छ ।

    images

    चितवनमा आज स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिनुभयो ।

    आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गर्नुभयो । फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताउनु भयो । सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका  सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो ।


    तेस्रो आँखा