• ट्रेण्डिङ्ग :
मौसम पूर्वानुमान : शुक्रबार साँझदेखि चिसो बढ्ने

मौसम पूर्वानुमान : शुक्रबार साँझदेखि चिसो बढ्ने


  • 2.7K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.2K Views

    मौसम पूर्वानुमान : शुक्रबार साँझदेखि चिसो बढ्ने

    काठमाडौँ, ११ पुस । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ। 

    images

    महाशाखाले बिहीबार अपरान्ह एक सूचना जारी गर्दै पश्चिमी न्युन चापीय प्रणालीका कारण भोलि साँझदेखि नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया मौसम बदलीको सम्भावना रहेको बताएको हो। 

    महाशाखाका अनुसार उक्त मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्न सक्ने छ। भोलिदेखि पर्सी शनिबारसम्म सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।

    यसैगरी, सुदूरपश्चिम, कर्णालीका धेरै स्थानमा र लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


    तेस्रो आँखा