एन प्याब्सन बृहत्त खेलकुद प्रतियोगिता जारी, ज्ञान ज्योती शीर्ष स्थानमै

एन प्याब्सन बृहत्त खेलकुद प्रतियोगिता जारी, ज्ञान ज्योती शीर्ष स्थानमै


  • 3.3K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.0K Views

    एन प्याब्सन बृहत्त खेलकुद प्रतियोगिता जारी, ज्ञान ज्योती शीर्ष स्थानमै

    दाङ, १२ पुस । दाङको बेलझुण्डीमा जारी एन प्याब्सन दाङ जिल्ला अन्तर विद्यालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ मा ज्ञान ज्योती माबी तुलसीपुरले शीर्ष स्थान कायमै राखेको छ ।

    images

    एन प्याब्सन दाङको आयोजनामा बेलझुण्डी रंगशालामा संचालित प्रतियोगिताको बिहिबार दोस्रो दिन एथलेटिक्स तर्फको १५ पदकको टुंगो लाग्दा ज्ञान ज्योती माबी तुलसीपुर ५ स्वर्ण र २ रजत पदकका साथ शीर्ष स्थान कायमै राख्न सफल भएको हो । 

    त्यस्तै जनप्रीय बोर्डिङ स्कुल बालापुर ३ स्वर्ण, १ रजत १ कास्य पदकका साथ द्वितीय स्थानमा रहदा मिडवेष्ट प्वाईन्ट एकेडेमी शान्तिनगर खैरेनी २ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै तृतीय स्थानमा रहेको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिनु भएको छ । त्यस्तै भलिबल छात्रातर्फ मिडवेष्ट प्वाईन्ट एकेडेमी खैरेनी र जनप्रीय बोर्डिङ स्कुल बालापुर फाईनल फाईनलमा भिड्नेछन् भने पुरन्धारा एकेडेमीले तृतीय स्थान हात पार्दा मोडर्न दिग दर्शन बबई ६ सान्त्वना भएको छ ।

    त्यस्तै छात्रतर्फ जनप्रीय फाईनलमा प्रवेश गरेको छ भने पिपुल्स ल्याण्ड र श्रीगाउ लाईभ भिजनको अन्तिम सेमिफाइनलको बिजेता टिमले जनप्रीयसँगको फाईनल भेट पक्का गर्नेछ ।

    यसैबिच आयोजकले भोलि हुने प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, शुभेच्छुक, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप