• ट्रेण्डिङ्ग :
सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौं : उद्योगमन्त्री भण्डारी

सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौं : उद्योगमन्त्री भण्डारी


  • 2.9K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.5K Views

    सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौं : उद्योगमन्त्री भण्डारी

    काठमाडौं, १२ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताउनु भएको छ । उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले अबदेखि सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्ने बताउनु भएको हो । बिहीबार मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनका विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको थियो ।

    images

    अन्तर्रक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको बताउनुभयो । उहाँले सरकारले उद्योगी र उत्पादकहरुको श्रमप्रतिको सम्मान गर्नेगरी काम गरिरहेको पनि जानकारी दिनुभयो ।

    सरकारी निकायमा नेपाली सामग्रीहरु नै खरिद गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्रालय निर्देशिका कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने उहाँले बताउनु भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ उक्त निर्देशिका जारी गरेको मन्त्री भण्डारीले बताउनुभयो ।

    मन्त्री भण्डारीले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, सांसदहरुले पनि नेपाली पोशाकको प्रयोग गर्ने बताउनु भएको हो । तर पोशाक गुणस्तर र मागअनुसार प्राप्त हुनेगरी उत्पादन गर्नुपर्नेमा निजी क्षेत्रको ध्यानाकर्षण गराउनु भएको छ । अन्तर्क्रिया सहभागी निजी क्षेत्रका प्रतिनिधिहरुले सरकारी मात्रै नभई निजी क्षेत्रमा समेत स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न आग्रह गर्नुभयो छ ।

    ‘महत्वकांक्षी आयोजनालाई सफल बनाउन राष्ट्रिय मुभमेण्टको साथमा लैजाने, तल तलका निकायहरुसम्म पनि यसलाई कार्यान्वयन गर्ने कुरामा नेपाली उद्योगीहरुको, एसेमिजहरुको श्रमप्रतिको सम्मान गर्नेगरी जान्छौँ । मैले त्यसलाई अलि सुरुमा पनि अहिले मेरो कार्यकक्ष जानुभयो भने हामीले नेपाली उत्पानकै प्रयोग गरेका छौँ’ उहाँले भन्नुभयो,’मैले सचिवज्युहरुलाई निर्देश गरेको छु, अबका खरिदहरु, राजपत्रमा आइसकेपछि त भएन भने बेरुजु आउने कुरा त स्वभाविक छ । तर हामी सबै नेपाली पेन, कागज प्रयोग गर्छौं । अहिले पनि गरिरहेका छौँ । सरकारी प्रयोजनका लागि हुने सबै खरिद प्रक्रियाहरुमा अबका फर्निचरहरुको कुरा आउला, सरकारी निकाय, मन्त्रालयले खरिद गर्ने कुरामा नेपाली उत्पादन खरिद गर्न यो मन्त्रालय लाग्छ ।’

    मन्त्रालयले हालै सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको हो ।

    औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ को प्रयोग गरी यो निर्देशिका तयार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यो निर्देशिका कार्यान्वयनमा आएपछि सार्वजनिक निकायले प्रचलित कानुन बमोजिम अनुसूचीमा उल्लिखित वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी नै खरिद गर्नुपर्नेछ ।


    तेस्रो आँखा