सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु

सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु


  • 4.8K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.3K Views

    सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु

    सल्यान १२ पुस । सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु भएको छ । खानीबाट ढुङ्गा निकाल्दै गर्दा खसेको ढिस्कोले च्यापिएर कुमाख गाउँपालिका–७ सानी जिमाली निवासी ४४ वर्षीय पोथे बोहराको मृत्यु भएको हो । 

    images

    घरदेखि केही टाढा पर्ने डाङ्गर पुज्ने डाँडास्थित सामुदायिक वनमा रहेको खानीबाट ढुङ्गा निकाल्दै गर्दा माथिबाट ढुङ्गासहित खसेको ढिस्कोले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केसरकुमार न्यौपानेले स्थानीय राकेश जैसीले घटनाको बारेमा जानकारी गराएपछि शुक्रबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय थारमारेको टोली घटनास्थलमा पुगेर ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको बताउनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा