• ट्रेण्डिङ्ग :
स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्न माग

स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्न माग


  • 2.2K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्न माग

    काठमाडौं, पुस १२ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी सङ्घले सरकार समक्ष माग राखेको छ ।

    images

    सङ्घले पत्रकार सम्मेलन गर्दै श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग गरेको हो । 

    सङ्घका महासचिव कुष्णप्रसाद बजगाईंले केही व्यावसायीले मलेसियामा सिन्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

    हाल श्रम मन्त्रालयअन्तर्गत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसिया सिन्डिकेट लगाइरहेको उहाँको आरोप छ ।

    मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत सरकारले बेवास्ता गरेको सङ्घका महासचिव बजगाईंले बताउनुभयो ।

    उहाँले स्वास्थ्य परीक्षणमा देशैपिच्छे सिन्डिकेट देखिएको जीकिर गर्नुभयो । मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य भइसकेको भए पनि यो वा त्यो बहानामा जन्मिनु नहुने उहाँको भनाइ छ ।

    उहाँका अनुसार दुई अर्बभन्दा बढी लगानी, दुई हजारभन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको मेडिकल व्यावसायिक क्षेत्र सिन्डिकेटको नाममा तहसनहस भएको छ ।  

    गुणस्तरीय सेवा निश्चित गर्न प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था तथा वैदेशिक रोजगार ऐन परिमार्जन गर्न माग राख्नुभयो । 

    सङ्घले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ ।


    तेस्रो आँखा