• ट्रेण्डिङ्ग :
दुई छिमेकी मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ ; परराष्ट्रमन्त्री राणा

दुई छिमेकी मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ ; परराष्ट्रमन्त्री राणा


  • 2.3K
    SHARES
    • पौष १३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.6K Views

    दुई छिमेकी मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ ; परराष्ट्रमन्त्री राणा


    कैलाली, पुस १३ । नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताउनु भएको छ । शुक्रवार साँझ धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री डा। देउवाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको  बताउनुभयो ।

    images

    पत्रकारहरूले धनगढी विमानस्थलमा राखेको एक जिज्ञासामा परराष्ट्र मन्त्री डा। देउवाले भारतले  नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला , हामीलाई  पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । ”

    यस्तै परराष्ट्र मन्त्री डा। देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्यक्त गर्नुभएको  छ ।  लिखित रुपमा ईजराईली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई  कुनै  जानकारी नभए पनि  जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उहाँको भनाई छ ।

    यस्तै पत्रकारहरूले राखेको एक फरक जिज्ञासामा  निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउनुहुँदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै  पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभयो  । 

    परराष्ट्र मन्त्री डा। राणा शनिवार कैलालीका विभिन्न कार्यक्रममा  सहभागी हुने कार्यक्रम रहेको छ । उहाँसँगै वन मन्त्री ऐनबहादुर शाही ठकुरी समेत धनगढी पुग्नुभएको छ ।

    परराष्ट्र मन्त्री राणाको धनगढी विमान स्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू र नेता कार्यकर्ताहरूले भव्य स्वागत गर्नु भएको थियो ।


    तेस्रो आँखा