काठमाडौं १३ पुस । मकवानपुरमा सामान्य विवादमा कुटिएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार मकवानपुरको थाहा नगरपालिका-१० मुलगाउँमा अन्दाजी ५३ वर्षीय हिराकाजी गोपालीमाथि कुटपिट भएको थियो ।
आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयराम गोपालीले उनीमाथि कुटपिट गरेका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका हिराकाजीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
काठमाडौंको दीर्घायू अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
