• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री राणाद्वारा प्रमुख हमालको स्वास्थ्यबारे जानकारी

परराष्ट्रमन्त्री राणाद्वारा प्रमुख हमालको स्वास्थ्यबारे जानकारी


  • 3.4K
    SHARES
    • पौष १३, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.2K Views

    परराष्ट्रमन्त्री राणाद्वारा प्रमुख हमालको स्वास्थ्यबारे जानकारी

    धनगढी, पुस १३ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

    images

    धनगढीस्थित हमालको निजी निवासमा पुगेर उहाँहरुले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो क्रममा नगर प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । 

    परराष्ट्रमन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिनुभयो । 

    केही दिनअघि स्वास्थ्य समस्या आएपछि भारतको दिल्लीस्थित एक अस्पतालमा उपचार पश्चात नगर प्रमुख हमाल हाल घरमै स्वास्थ्य लाभ गरिरहनू भएको छ । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभएको छ । 


    तेस्रो आँखा