कांग्रेसले कार्यकर्तालाई भुमिका सहितको जिम्मेवारी  दिएर गाउँ पठाउने

कांग्रेसले कार्यकर्तालाई भुमिका सहितको जिम्मेवारी  दिएर गाउँ पठाउने


  • 8.5K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    कांग्रेसले कार्यकर्तालाई भुमिका सहितको जिम्मेवारी  दिएर गाउँ पठाउने

    काठमाडाैं,२४ फागुन । नेपाली कांग्रेसका कार्याकर्ताले भुमिका सहितको जिम्मेवारी पाउने भएका छन् । कार्यकर्तालाई भूमिकासहित चुनावी प्रचारमा खटाउने पार्टीले जनाएको छ । वैशाख ३० मा हुने स्थानीय निर्वाचन लक्षित गरेर पद प्राप्त गरेका तथा  भूमिका विहिन रहेका पार्टी कार्यकर्तालाई उचित जिम्मेवारीसहित कांग्रेसले फागुन २९ देखि एक महिने अभियानमा खटाउने भएको हो ।

    images

    जिम्मेवारी सहिचतको भारि बोकाएर गाउ अभियानमा पठाउने योजनाकासाथ कांग्रेस अघि बढेको महामन्त्री विश्वप्रकाश शर्माले  तेस्राे आँखालाई बताए । ‘हरेक युवाका काँधमा भारि, प्रत्येक युवालाई जिम्मेवारी’ को नीतिसहित सबै कार्यकर्तालाई उचित जिम्मेवारी दिएर पार्टीको काममा खटाउने निर्णय गरिएको उनले जानकारी दिए ।  

    पार्टी अभियानको तयारीको लागि बसेको अन्तिम बैठकले कार्यकर्ताको जिम्मेवारी बाँडफाँड गरेर स्थानीय निर्वाचनमा वृहत्तर रुपमा परिचालन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल गरेका राजनैतिक र आर्थिक उपलब्धि जनतासामू लैजाने अभियानमा राखिएको छ। अघिल्लो सरकारको समयमा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरणलाई जनताको बीचमा लैजाने पार्टीले निर्णय गरेको छ ।

    प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राखिने कांग्रेसले प्रष्टाएको छ । राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी पारित गर्न सकेको सन्देश पनि कांग्रेसले जनतालाई सुनाउने भएको छ । जनस्तरमा एमसीसीको सन्दर्भमा रहेका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रस्तुत गर्न कांग्रेसले घरघरमा एमसीसी परियोजनाको पुस्तीका पुर्याउने जनाएको छ ।

    ७७ जिल्लामा केन्द्रीय नेताहरूलाई प्रतिनिधि खटाइने भएको छ । केन्द्रीय प्रतिनिधि फागुन २७ भित्र खटाइएको जिल्लामा जान पार्टीले निर्देशन दिएको छ। चुनावी प्रचार सकिएपछि पनि पार्टीलाई प्रभावकारी बनाउन पटक–पटक जिल्ला पुग्न केन्द्रीय नेतालाई आग्रह गरिएको छ । युवहरुलाई पार्टी जिताउने भुमिका सहितको जिम्मेवारीका साथ गाउ अभियानमा खटाइने कांग्रेसले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप