वीरगञ्ज १४ पुस । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार पर्सा जाँदै हुनुहुन्छ । सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुर पचगावा टोलमा राखिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी पर्सा आउन लागेका हुन् ।
सोही कार्यक्रममा विभिन्न पार्टी छाडेर आएकाहरूलाई ओलीले पार्टीमा स्वागत पनि गर्ने कार्यक्रम राखिएको छ । एमाले पर्साका अध्यक्ष विश्वमभर शर्माले पार्टी प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
