• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली पर्सामा

प्रधानमन्त्री ओली पर्सामा


  • 3.6K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    प्रधानमन्त्री ओली पर्सामा

    पर्सा, १४ पुस । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आइतबार एमालेमा प्रवेश गराउनुभएको छ ।

    images

    एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा हुनुुहुुन्थ्यो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो ।

    कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गर्नुभएको थियो ।

    कार्यक्रममा एमालेको मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी हुनुहुुन्थ्यो ।


    तेस्रो आँखा