• ट्रेण्डिङ्ग :
श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन


  • 2.8K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.3K Views

    श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

    काठमाडौं, १४ पुस । श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

    images

    आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूत र माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।

    बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताउनुभयो । सरकारले गत मङ्सिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदूत पदमा प्रस्ताव गरी पठाएको थियो ।

    समितिले राज्यका कुनै पनि निकायमा सिफारिस गर्दा समावेशितामा ध्यान दिन आग्रह गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवादसमेत दिएको छ ।


    तेस्रो आँखा