बारकाे नेतृत्वकालागि गोपालकृष्ण घिमिरे र विष्णुमणि अधिकारी बिच भिडन्त

बारकाे नेतृत्वकालागि गोपालकृष्ण घिमिरे र विष्णुमणि अधिकारी बिच भिडन्त


  • 6.0K
    SHARES
    • फाल्गुण २४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    बारकाे नेतृत्वकालागि गोपालकृष्ण घिमिरे र  विष्णुमणि अधिकारी बिच भिडन्त

    काठमाडाैं,२४ फागुन । नेपाल बार एशोसियशनको २६ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा २५ पदका लागि ८३ उम्मेदवार मैदानमा उत्रिएका छन् । निर्वाचन समितिले मंगलबार साँझ सबै उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरेको हो ।

    images

    उषा मल्ल पाठक प्रमुख निर्वाचन अधिकृत रहेको समितिमा सानुभाइ शाक्य, सानुराज पोखरेल, नरेन्द्रकुमार केसी र सुरेन्द्रकुमार महतो छन् । बार निर्वाचनमा मुख्यतः सत्तारुढ गठबन्धन र एमालेनिकट वकिलहरूको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा गठबन्धनबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र एमालेनिकट पीपीएलएबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी  प्रतिस्पर्धामा छन् ।

    अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ पनि उम्मेदवार छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल बार एसाेसिएसन

  • तेस्रो आँखा
    लेखकबाट थप