• ट्रेण्डिङ्ग :
मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मार्‍यो

मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मार्‍यो


  • 3.3K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.0K Views

    मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मार्‍यो

    हेटौँडा, १५ पुस । मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मारेको छ । आइतबार साँझमा मानिसलाई आक्रमण गरी मारेको बाघले सोमबार बिहान पुनः ७ वटा बाख्रा मारेको हो । 

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा  मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।

    यसअघि बाघले मनहरी–५ वसन्तपुर वडा कार्यालय नजिकै ७२ वर्षीय कान्छीमाया रुम्बालाई बारीमा घाँस काट्दै गरेको अवस्थामा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट रुम्बाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।

    २५ किलोमिटर पश्चिमतर्फ रहेको घटनास्थलमा बाघलाई नियन्त्रणमा लिनका २ वटा हात्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती र सेनाको टोली तथा चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटाइएको छ । 


    तेस्रो आँखा