• ट्रेण्डिङ्ग :
गणतान्त्रिक व्यवस्था स्थायी हो‚ यसलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा

गणतान्त्रिक व्यवस्था स्थायी हो‚ यसलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा


  • 3.0K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    गणतान्त्रिक व्यवस्था स्थायी हो‚ यसलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा

    काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताउनु भएको छ ।

    images

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई सफल पार्न सबैको कर्तव्य हुने भएको बताउनु भएको हो । 

    ‘आजको गणतन्त्र सफल पार्न सबैको कर्तव्य छ । गणतन्त्रलाई सुदृढ बनाउनु पर्छ‚’ उहाँले भन्नुभयो‚ ‘यसलाई अगाडि लानु पर्छ । अहिलेका मधेश पहाड हिमाल पूर्व पश्चिम सम्पूर्ण नेपालीको एकता यही मेलमिलाप हो ।’

    उहाँले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि आवश्यक भएको बताउनु भएको छ । ‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ‚’ उहाँले भननुभयो । 

    बिपी गणेशमान नेपाल फर्केपछि राजनीति पनि उनीहरू वरपर घुमेको र राजाले घुँडा टेकेको बताउनु भएको छ


    तेस्रो आँखा