• ट्रेण्डिङ्ग :
पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे


  • 2.9K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

    काठमाडौँ, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताउनु भएको छ ।

    images

    मंगलवार नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भावना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्यूनतम मात्रै योगदान गरेको बताउनु भएको हो ।

    उहाँले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । पर्यटन सम्बन्धी निकायहरूबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्यूनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यी कथाहरू भनिमात्रै रहने हो, दाहोर्याइमात्रै रहने हो भने पुराना वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्न सक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ । निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

    मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए । नेपाल आउने पर्यटकहरूलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवर्द्धनका लागि नेपालको प्रचार हुने बताउनु भएको छ । 


    तेस्रो आँखा