• ट्रेण्डिङ्ग :
देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश

देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश


  • 2.7K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.1K Views

    देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश

    काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताउनु भएको छ । 

    images

    पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसद्को पाँच वर्षे कार्यकालमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताउनु भएको हो । 

    संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठुलो कुरा नभएको भन्दै शर्माले कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी  गर्नुपर्ने बताउनुभयो । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने पनि उहाँको भनाइ थियो । 

    यस्तै उनले सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अव त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उहाँको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिनु भएको छ । 
    ब


    तेस्रो आँखा