तुलसीपुर १६ पुस । गोरखा ग्रुपद्धारा सञ्चालित तुलसीपुर स्थित गोरखा माविमा १४औं वार्षिक खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताह मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । गोरखा मध्यामिक विद्यालय तुलसीपुरका संस्थापन अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका खेलकुद परिषद सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले गोरखा स्कुलले शिक्षा क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशँसा गर्नुभयो । शिक्षा क्षेत्रमा उलेख्निय काम गरेको विद्यालयले पछिल्लो समय विद्यार्थीहरुको खेलकुद प्रतिको प्रतिभालाई बाहिर ल्याउनका लागि साताव्यापी कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय खेलकुद प्रति विद्यार्थीहरुको मोह बढ्नुका साथै भविस्य पनि राम्रो रहेको बताउनु भयो । समापन कार्यक्रममा सिनियर तर्फ कक्षा ८ र ९ छात्रहरुबीच ८ सय मिटर दौड प्रतियोगिता भएको थियो ।
इन्टर मिडियट तर्फ कक्षा ५,६ र ७ का छात्रहरुबीच २ सय मिटर दौड र छात्रा तर्फ ४ सय मिटर दौड प्रतियोगिता भएको थियो ।
त्यसैगरी जुनियर तर्फ कक्षा २,३ र ४ का छात्रा तर्फ एक सय मिटर दौड र छात्रा तर्फ २ सय मिटर दौड प्रतियोगिता भएको थियो । त्यस्तै कक्षा युकेजीका विद्यार्थीहरुबीच बेलुक बास्केट रेस भएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयमा मंसिर ९ गतेदेखि विभिन्न साता ब्यापी खेलकुद सप्ताह सुरु भएको थियो । समापन कार्यक्रममा विद्यार्थीहरुले मार्च पास, नृत्य प्रस्तुत गरेका थिए । गोरखा माविका प्रिन्सीपल विजय जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रावि संयोजक कमल भण्डारीले गर्नु भएको थियो ।
