काठमाडौँ, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–२ का राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
