• ट्रेण्डिङ्ग :
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै


  • 2.0K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.1K Views

    भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं १७ पुस । नेकपा (एमाले) बाट निष्कासनमा परेका नेता डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने तयारी गर्नु भएको छ । उहाँको सहयोगी गोविन्द दुवालका अनुसार पत्रकार सम्मेलनमार्फत रावलले आफ्नो आगामी योजना सार्वजनिक गर्ने तयारी गर्नु भएको हो ।

    images

    एमालेको निर्णयपछि नेता रावल नयाँ पार्टी गठन गर्ने सम्भावनाबारे आन्तरिक परामर्शमा रहनु भएको छ । ‘दिउँसो १ बजे कार्की ब्याङ्क्वेटमा आयोजना हुने पत्रकार सम्मेलनमा रावलको भावी कदमबारे स्पष्ट हुनेछ,’ दुवालले भन्नुभयो, ‘त्यही नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

    झण्डै पाँच दशक एमालेमा सक्रिय रहेका रावललाई पार्टीको सचिवालय बैठकले केही दिनअघि पार्टीबाट निष्कासन गरेको थियो । २०७८ सालको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि रावल पार्टीभित्र निष्क्रिय जस्तै बन्नु भएको थियो । आजको पत्रकार सम्मेलनले नेता रावलको आगामी राजनीति यात्राबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ ।


    तेस्रो आँखा