• ट्रेण्डिङ्ग :
नेपालकी पहिलो महिला राजदूत शाहको निधन

नेपालकी पहिलो महिला राजदूत शाहको निधन


  • 2.5K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    नेपालकी पहिलो महिला राजदूत शाहको निधन

    काठमाडौं १८ पुस । नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी बिन्देश्वरी शाहको निधन भएको छ । ९१ वर्षको उमेरमा बिहीबार बिहान उहाँको निधन भएको हो। 

    images

    सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिनु भएको थियो । उहाँले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गर्नु भएको थियो ।

    शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गर्नु भएको थियो । उहाँले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हाल्नु भएको थियो । सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी शाह नेपालकी पहिलो महिला राजदूत हुनु भएको थियो ।

    सन् १९६६ मा उहाँले डा. नारायण केशरी शाहसँग विवाह गर्नु भएकोथियो । उहाँका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन् । 


    तेस्रो आँखा