कांग्रेस सधै नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छः  गृहमन्त्री  खाँण

कांग्रेस सधै नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छः  गृहमन्त्री  खाँण


  • 8.8K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    कांग्रेस सधै नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छः  गृहमन्त्री  खाँण

    बुटवल, २५ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले बर्तमान सरकार आलोचना सहन तयार रहेको बताएका छन् ।  नेपाल प्रेस यूनियन रूपन्देहीले तिलोत्तमामा आयोजना गरेको पुरस्कार वितरण समारोहलाइ सम्बोधन गर्दै उनले सत्य कुरा जनतामा लैजाने काम मिडियाको भएको बताए उनले सञ्चारमाध्यम र पत्रकारिताले सत्य तथ्य उजागर गरेर सरकारलाई सच्चिने मौका दिन समेत आग्रह गरे।

    images

    हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको बताउदै  अधिकार प्रयोग गर्दा अन्य नागरिकको अधिकारमाथि अतिक्रमण नगर्न उनले अपिल छ । काँग्रेस जहिले पनि नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको खाँणले बताए । उनले काँग्रेस नेतृत्वको सरकार र कम्युनिस्ट विच धेरै फरक रहेको बताए ।

    कम्यूनिष्टहरूको सरकार हुदा माईतिघर मण्डलामा विरोध गर्न पाईदैनथ्यो, तर अहिले संसदबाट पारित एमसिसिको विरोधमा प्रर्दशन हुदा सरकारले सुरक्षा दिएको उनको भनाइ छ । खाँणले एमसिसि नेपालको अधिकार र बिकासका लागि भएको बताएका छन । अविकसित देशहरूको गरिबी, बेरोजगारी, दरद्रता अन्त्य गर्नका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशन परियोजना बनेको उनकाे भनाइ छ ।  

    लोकतान्त्रिक, प्रेस स्वतन्त्रताको भएको मूलुक भएको देशमा मात्रै लागू हुने बताए । उनले सबै पार्टीका नेताहरू संलग्न भएकाले एमसीसीको विरोधमा कोहि पनि नरहेको बताए । कार्यक्रममा नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, काँग्रेस रूपन्देही सभापति रामकृष्ण खाँण, काग्रेसका क्षेत्रिय सभापति हरि लम्साल, खिमानन्द भट्टराइइ ,नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेल,युनियन सभापति रेखा भुसाल,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल,युनियनका उपसभापति दीपक घिमिरे,कार्यबाहक सचिब कल्पना तिवारी लगायतले बोल्दै लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताए ।

    यसैबीच पत्रकार माधब नेपाल र हरिष ढकाल पुरस्कृत भएका छन् । पत्रकारद्वय नेपाल र ढकाल नेपाल प्रेस युनियन रुपन्देहीद्वारा स्थापित जीपी कोईराला स्मृति पत्रकारिता पुस्कारबाट सम्मानित भएका हुन् । गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यक्रमका बीच मंगलबार उनीहरुलाई नगद २५ हजारसहित पुरस्कृत गरेका हुन् ।

    पत्रकार ढकाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७६ र नेपाल जीपी कोईराला स्मृति पत्रकारिता पुस्कार–२०७७ बाट पुरस्कृत भएका हुन् । पत्रकार नेपाल बीबीसी नेपाली सेवामा कार्यरत रहेका छन् भने ढकाल नेपाल टेलिभिजनमा कार्यरत छन् ।


    कल्पना डुम्रे
    लेखकबाट थप