गोरखा माविको १४ औं बार्षिकोत्सव सम्पन्न

गोरखा माविको १४ औं बार्षिकोत्सव सम्पन्न


  • 5.0K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.7K Views

    गोरखा माविको १४ औं बार्षिकोत्सव सम्पन्न

    तुलसीपुर, १८ पुस । शिक्षा नै ज्योति हो, भन्ने मुल नाराका साथ गोरखा ग्रुपद्वारा संचालित गोरखा माध्यमिक विद्यालय तुलसीपुरको १४औं बार्षिकोत्सव सम्पन्न भएको छ । गोरखा ग्रुप दाङका संस्थापक अध्यक्ष मानबहादुर बुढा मंगर अध्यक्षतामा बिहीबार कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    1735820313490.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकमराम खड्काले गोरखा ग्रुपले नेतृत्व गरेको विद्यालयले जिल्लामै सक्षम विद्यार्थी उत्पादन गर्र्न सफल भएको बताउनुभयो । जिल्लामा ३ वटा कलेज ४ वटा विद्यालय संचालन गरेको ग्रुपले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भयो । गोरखा स्कुल प्रति अभिभावकको विश्वास छ, उहाँले भन्नुभयो,  स्कुल खोलेर मात्र हुँदैन, विद्यार्थीहरु पाउन सकिदैन, विद्यालयले अभिभावकको मन जित्ने कुरा र अभिभावक प्रतिको विश्वास जित्ने महत्त्वपूर्ण कुरा हो, गोरखा ग्रुपले अभिभावकको मन जित्न सफल भएको छ, । साथै उहाँले सामुदायिक र संस्थागत विद्यालय प्रतिको विभेदेलाई हटाउनु पर्ने बताउनुभयो । 

    उक्त कार्यक्रमका विशिष्ट अतिथि एवं. तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीले गोरखा स्कुल देशकै नमूनाका रुपमा शिक्षामा क्षेत्रमा अब्बल हुँदै गएको बताउनुभयो । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले राष्ट्रिय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो नाम चिनाउन सफल भएको वडाध्यक्ष भण्डारीले बताउनु भयो । 

    उक्त अवसरमा अभिभावकको तर्फबाट राप्ती बबई क्याम्पसका पुर्व प्रमुख तथा गोरखा माध्यामिक विद्यालयका अभिभावक पुर्णराज रावलले विद्यार्थीलाई कस्तो खालको शिक्षा दिने भन्ने कुरा अभिभावकको पहिलो प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले आफ्नो छोराछोरीको ईच्छा बमोजिमको शिक्षा दिने अभिभावकको मुख्य कर्तव्य रहेको बताउँदै गोरखा माध्यमिक विद्यालय शिक्षाको हव बनिरहेको बताउनु भयो ।

    1735827802239.jpg

    उक्त अवसरमा विद्यार्थीहरुले फोहोर व्यवस्थापन, सेर बजार व्यवस्थापन र केवलकार लगायतका इस्टलहरुको बारेमा जानकारी दिएका थिए । 
    साथै विद्यार्थीहरुले मौलिकता झल्काउने गुरुङ, थारु, नेवारी लगायत समुदायका नृत्यहरुको प्रस्तुत गरेको थिए । उक्त अवसरमा विभिन्न संकायतर्फका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।  

    उक्त अवसरमा गोरखा मावि तुलसीपुरका प्राचार्य बिजय जिएमले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गोरखा ग्रुपले जिल्लामा ४ वटा विद्यालयहरु सञ्चालन गरेको छ । ४ वटा विद्यालयमा १० हजार विद्यार्थीहरु अध्यनरत रहेको प्रतिवेदनले जनाएको छ । गोरखा मावि तुलसीपुरमा ३२७८ जना विद्यार्थीहरु अध्यनरत छन ।


    गोरखा ग्रुपका डाइरेक्टर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गोरखा कलेजका संयोजक पूर्णबिक्रम डाँगी  र प्रावि तहका संयोजक कमल भण्डारीले सहजीकरण गर्नु भएको थियो ।


    तेस्रो आँखा