संगठन सुदृढीकरण र स्थानीय चुनावका लागी घर-घर अभियानमा निस्कने कांग्रेसकाे तयारी

संगठन सुदृढीकरण र स्थानीय चुनावका लागी घर-घर अभियानमा निस्कने कांग्रेसकाे तयारी


  • 7.6K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    संगठन सुदृढीकरण र स्थानीय चुनावका लागी घर-घर अभियानमा निस्कने कांग्रेसकाे तयारी

    काठमाडाैं,२५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम लिएर घरघर अभियानमा निस्कन लागेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार फागुन २० देखि चैत २० सम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु गर्ने बताएपनि एक हप्ता ढिला गरेको छ । 

    images

    स्थानीय तहको निर्वाचनका लागि एक महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत पार्टीले गरेका काम र जानकारी गराउने, विपक्षीले गरेका बदमासीका बारेमा जानकारी गराउने, पार्टीका आगामी योजना र एमसीसीका फाइदाहरू समेत नागरिकलाई बुझाउने तयारी गरेको छ  । 

    अभियानमा यी विषयलाई लिएर जनतामाझ जाने तयारी भैरहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तेस्राे आँखालाई  जानकारी दिए । स्थानीय निर्वाचन पूर्वतयारी तथा संगठन सुदृढीकरण अभियानका बारेमा आज पत्रकार सम्मेलन गरेरै जानकारी गराउने उनले भनाइ छ  । पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने पनि महतले बताए ।  

    कार्यसम्पादन समितिको बैठकबाट निर्णय भएको ‘घरघर जाऔँ कांग्रेस बिताऔं’ भन्ने अभियानलाई सार्थक तुल्याउन सबै केन्द्रीय सदस्यहरूलाई पार्टीले फरक फरक जिल्लामा खटाउने भएको छ ।  यसका साथै कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गर्ने तथा जिम्मेवार विहीन अवस्थामा बसेका कार्यकर्ताहरूलाई समेत स्थानीय तहमा उचित जिम्मेवारी सहित निर्वाचनमा खटाउने भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप