• ट्रेण्डिङ्ग :
लोकतन्त्र सुदृढ बनाउन संविधान संशोधन आवश्यक

लोकतन्त्र सुदृढ बनाउन संविधान संशोधन आवश्यक


  • 1.7K
    SHARES
    • पौष २०, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.7K Views

    लोकतन्त्र सुदृढ बनाउन संविधान संशोधन आवश्यक

    बर्दीबास, पुस २० । उपप्रधान तथा शहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । उहाँले जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राख्नुभयो ।

    images

    नेपाली कांग्रेस महोत्तरीले बर्दीबासमा आयोजना गरेको घेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

    उहाँले ०४६ साल अघिको अवस्था र ०७२ को नयाँ सविधान जारी गर्दासम्मको अवस्था तुलना गर्दा जनता अधिकार सम्पन्न भएको बताउनुभयो । मुलुकले प्राप्त गरेको उपलब्धिलाई नजरअन्दाज गर्न नहुने उहाँको जिकिर थियो । अहिलेको कांग्रेस एमाले सरकार पनि जनताको नैरास्य चिर्न बनेको बताउनुभयो ।

    उपप्रधान मन्त्री सिंहले भन्नुभयो, ‘‘यसअघि छिटो छिटो परिवर्तन हुने सकारका कारण जनतामा नैरास्य र सरकारप्रति नै अविश्वास बढ्दै गएपछि राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले सरकार गठन भएको हो ।’’

    लोकतन्त्र प्रति नकारात्मक भाष्य खडा गरेर नैरास्य छर्ने प्रवृतिले प्राप्त उपलब्धिको रक्षा हुन नसकने उहाँको भनाइ थियो ।

    जनताको आन्दोलन र संघर्षबाट प्राप्त अधिकार सुरक्षित राख्न, लोकतन्त्रलाई थप सुदृढ पार्न तथा करिब १ दशक लामो अभ्यासका क्रममा अनुभूत गरिएका कमिकमजोरी समाधानका लागि संविधान संशोधनको प्रकृया अघि बढाइएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । यसका लागि दलहरुभित्र सन्यत्र गठन गरी संविधान संशोधनका लागि कामसमेत सुरु भइसकेको उहाँले जनाउनुभयो ।

    अहिले मुलुकको राजनीति २०१७ सालपछिको पुस्ताले हाँकीरहे पनि पार्टीको गतिविधि, कार्यशैली र सूचना सम्प्रेषण जस्ता क्षेत्रमा त्रुटी कमजोरी व्याप्त रहेकाले कार्यकर्ताले असहज र अप्ठ्यारो महशुह गरेको बताउनुभयो । तथापि गुनासो गरेरभन्दा पनि सबै क्रियाशील भएर लाग्दा मात्र यसको समाधान हुने उहाँको सुझाव थियो ।

    उहाँले भन्नुभयो, ‘‘मैले दशौं अधिवेशनदेखि नै पार्टी विधि र विधानमा चल्नुपर्छ भन्दै आएको छु । महाधिवेशको बेला र चुनावमा टिकटका लागि क्रियाशिलता बढाउने र त्यसपछि चुपलागेर बस्ने प्रवृतिले पार्टीको मूल्य मान्यतामै प्रहार हुने गरेको छ । यस्ता प्रवृतिविरुद्ध आउँदो महाधिवेशनमा कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्छ ।’’

    यसअघि कार्यकर्ताहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री सिंहले लोकतन्त्र प्राप्तिपछि हुम्ला जुम्ला जस्ता विकट जिल्लामा पनि विकाश पुगेको बताउँदै आर्थिक वर्ष ०८१र८२ को बजेटमा लोक कल्याणका कार्यक्रमलाई बढी प्राथमिकतामा राख्न आफ्नो प्रयास हुने बताउनुभयो ।

    नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्री, कांग्रेस नेता बजरंग नेपाली, बर्दीबासका वडाध्यक्ष लगायत नेता कार्यकर्ताहरुले जिल्लामा व्याप्त समस्याहरुबारे उपप्रधानमन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो । उहाँहरुले कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, बाटोघाटो जस्ता जनतालाई विकाशको प्रत्यक्ष अनुभूति गराउने कार्यक्रममा एक त आवश्यक बजेट नै नदिने, विनियोजित गरिएका बजेट पनि समयमा निकाशा नपठाउने, निकाशाको बेला अनेकन बखेडा झिकेर दिक्क पार्ने संघ र प्रदेश सरकारको हेपाहा पवबृतिको खुलेर गुनासो पोखनु भएको थियो ।  


    तेस्रो आँखा