• ट्रेण्डिङ्ग :
सर्वेन्द्र खनालले एमाले छाडे

सर्वेन्द्र खनालले एमाले छाडे


  • 2.2K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    सर्वेन्द्र खनालले एमाले छाडे

    काठमाडौं २१ पुस । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छोड्नु भएको छ । आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै खनालले आफू कुनैपनि पार्टीमा आबद्ध नरहेको जानकारी दिनु भएको हो ।

    images

    हजुरहरु मेरो राजनीतिकस्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु, उहाँले फेसबुकमा लेख्नु भएको छ ।

    नेपाल प्रहरीबाट अवकाश पाएपछि उनी २०७९ को असोजमा एमाले प्रवेश गर्नु भएको छ । उहाँ ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा एमालेबाट उम्मेदवार बन्नु भएको थियो । त्यतिबेला उहाँ रास्वपाका शिशिर खनालसँग पराजित हुनु भएको थियो । सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गर्नु भएको थियो ।


    तेस्रो आँखा