माओवादी र नेकपा समाजवादी कांग्रेसको पुच्छर हुन् : ओली

माओवादी र नेकपा समाजवादी कांग्रेसको पुच्छर हुन् : ओली


  • 8.6K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    माओवादी र नेकपा समाजवादी कांग्रेसको पुच्छर हुन् : ओली
    काठमाडौं, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गर्नु भएकाे छ । 

    युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ । 

    images

    ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भन्नुभयाे ।