• ट्रेण्डिङ्ग :
भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो


  • 2.9K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो

    काठमाडौं, २२ पुस ।  झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ । काठमाडौँबाट भद्रपुर उडान भरेको उडान नं ९५३ को कलसाइन ९एन-एजेएस को जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँतर्फ फर्काइएको छ ।

    images

    बुद्ध एयरका अनुसार जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । जहाज आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो ।काठमाडौंबाट १०स्३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । डाईभर्ट गरिएको जहाजलाई ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ ।

    जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएपछि केही बेर अन्य उडान रोक्नु परेको थियो ।

     


    तेस्रो आँखा