• ट्रेण्डिङ्ग :
एमालेका ४६ नेताले सामूहिक रुपमा राजीनामा दिए

एमालेका ४६ नेताले सामूहिक रुपमा राजीनामा दिए


  • 6.3K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 9.8K Views

    एमालेका ४६ नेताले सामूहिक रुपमा राजीनामा दिए

    काठमाडौं, २२ पुस । नेकपा एमालेका ४६ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

    images

    कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले सामूहिक राजीनामा दिएका हुन् । यही पुस ११ गतेदेखि लागू हुने गरी ४६ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका हुन् ।

    नेकपा एमालेको नेतृत्व तथा महासचिव शङ्कर पोखरेलको तानाशाही प्रवृत्ति र जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि उनीहरूले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

    उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको तर महासचिव पोखरेलको हेपाइका कारण पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् ।

    पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ ।


    तेस्रो आँखा