• ट्रेण्डिङ्ग :
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 2.8K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुली, २२ पुस । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा ना.३ च ५९७६  नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार  बेलुकी दुर्घटना भएको हो । बोलेरो दुर्घटनामा सवार सोही ठाउँ बस्ने २० वर्षीय कैलाश राईको मृत्यु भएको छ ।

    images

     दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौँडामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।

    प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा