• ट्रेण्डिङ्ग :
नख्खु करिडोर जीर्ण बन्दै

नख्खु करिडोर जीर्ण बन्दै


  • 2.2K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.4K Views

    नख्खु करिडोर जीर्ण बन्दै

    काठमाडौँ, २२ पुस । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

    images

    बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन । पानी पर्दा हिलो, नपर्दा धुलो उड्ने भएकाले सबैले दुःखले सडकको प्रयोग गरिरहेका छन् ।

    धुलो मात्र होइन नख्खु खोलाबाट आउने दुर्गन्धले झनै असर गरेको स्थानीयहरू बताउँछन् । बाढीले क्षति गर्नुअघि रोडा, ढुंगा र बाटो बोक्ने टिप्परले दुःख दिएको स्थानीयले गुनासो गर्दथे । अहिले पनि टिप्परको आतंक जस्तै भएको गुनासो स्थानीयहरूले गर्न थालेका छन् ।

    बाढीले क्षति गरेर जीर्ण बनेको सडकमा धेरै तौल बोक्ने टिप्पर निरन्तर दौडिँदा सडक झनै कमजोर बनेको स्थानीयहरू बताउँछन् । सडकबाट हिँड्नै नसक्ने भएपनि बाध्यताले हिँड्नु परिरहेको उनीहरूको गुनासो छ । सरकारले आवश्यक चासो नदिँदा स्थानीयहरूले मार खेपिरहेको उनीहरूको गुनासो छ ।

    सरकारले आईतवारमात्रै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन(डिडिए) गर्ने निर्णय गरेको छ । साथै डिडिए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम तत्काल प्रारम्भ गर्ने निर्णय समेत गरेको छ ।

    यद्यपि कहिलेसम्म पुनः निर्माण सकिन्छ त्यो भने हेर्न बाँकी छ ।

    बाढीले क्षति गरेको स्थानीयको बस्ती, बस्तीसम्म जाने बाटो सबै खराब छ । गत असोजको ११ गते रातिबाट परेको अविरल वर्षापछि आएको बाढीले नख्खु तटीय बस्ती डुबानमा परेको थियो । त्यसबाट खानेपानी, ढल, बिजुलीको पोल र बाटोमा गरेको क्षतिको अझै मर्मतसम्भार हुन सकेको छैन ।


    तेस्रो आँखा